फरार प्रतिवादी पक्राउ
२०८१-१२-१०
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७९।१२।०१ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय र रु.२०००।- जरिवाना तोकिएको टीकापुर न.पा.३ बस्ने बर्ष ४८ को राम बहादुर थारुलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१२।०९ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।
बैतडी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ बर्ष कैद सजाय तोकिएको जिल्ला बैतडी, सिगास गा.पा.३ सिस्नेखेती बस्ने बर्ष ३७ को बिनोद कुमार साउदलाई प्रहरी चौकी गाजरी, बैतडीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१२।०९ गते निजकै घर पसलबाट पक्राउ गरेको ।