अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१२-११
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।१० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ७ बेली मिलन सामुदायिक बन नजिक, ऐ.१० जुगेडा कटान सिमलघाट, भजनी न.पा.५ नयाँबस्ती र कैलारी गा.पा. ६ धर्मपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७६,७००।– बराबरको प्याज, बिडी, सुर्ती, माछा, सिद्रा माछा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।१२।१० गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ११ भुजेला भाईरल रोड र बेलौरी न.पा.१ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८,८२,४००।– बराबरको पेय पदार्थ, कुरकुरे, चस्मा, मोबाईल डिस्प्ले, ग्लास, चार्जर, हाउजिङ्ग, ब्याक पाईनल, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।