प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१२-११

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।१२।१० गते १४:०० बजेको समयमा जिल्ला कैलाली, चुरे गा.पा. ३ टेडी बजार नजिक भिमदत्त राजमार्ग स्थित जिल्ला डोटी, बडीकेदार गा.पा.२ बस्ने बर्ष २७ को गोपाल बहादुर सलामीले चलाएको सु.प.प्र.०१-०१२ प ९७९ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा Tapentadol Tablets DOWELL ७० ट्याबलेट लागूऔषध फेला पारी उक्त ट्याबलेट, मोटरसाइकल र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २० को मिलन मास्के मगर समेत दुवै जनालाई इलाका प्रहरी कार्यालय फल्टुडे, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।    

     यसैगरी,  मिति २०८१।१२।१० गते २०:०० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ खक्रौला स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने बर्ष १९ को अनुप बोहरालाई  ३६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

     कञ्चनपुर:-  मिति २०८१।१२।१० गते २१:२० बजेको समयमा जिल्ला कञ्चनपुर, वेदकोट न.पा. ८ भासिबाट सोही ठाउँ बस्ने बर्ष २३ को अबिषेक डगौरा र बर्ष २४ को सुनिल डगौरालाई ०.३३ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी बिट भासि, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।