अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-११
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।१० गते १४:०० बजेको समयमा जिल्ला कैलाली, चुरे गा.पा. ३ टेडी बजार नजिक भिमदत्त राजमार्ग स्थित जिल्ला डोटी, बडीकेदार गा.पा.२ बस्ने बर्ष २७ को गोपाल बहादुर सलामीले चलाएको सु.प.प्र.०१-०१२ प ९७९ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा Tapentadol Tablets DOWELL ७० ट्याबलेट लागूऔषध फेला पारी उक्त ट्याबलेट, मोटरसाइकल र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २० को मिलन मास्के मगर समेत दुवै जनालाई इलाका प्रहरी कार्यालय फल्टुडे, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।१२।१० गते २०:०० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ खक्रौला स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने बर्ष १९ को अनुप बोहरालाई ३६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८१।१२।१० गते २१:२० बजेको समयमा जिल्ला कञ्चनपुर, वेदकोट न.पा. ८ भासिबाट सोही ठाउँ बस्ने बर्ष २३ को अबिषेक डगौरा र बर्ष २४ को सुनिल डगौरालाई ०.३३ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी बिट भासि, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।