अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१२-१२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।११ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ मिलन चोक र सिसमबारी, ऐ.३ बिशाल नगर, गोदावरी न.पा.४ बनदेबि मन्दिर नजिक, भजनी न.पा.५ कुटी, ऐ.९ पहलवान स्थित झुलुङ्गे पुल नजिक र टीकापुर न.पा.९ खग्रौला सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,७३,८१०।– बराबरको प्याज, चिनी, बिडी, सुर्ती, नरिवल, मसला, कारबन तेल, मटर, क्याण्डी, केक पाउडर, स्टिल तथा प्लाष्टिकका भाँडा वर्तन, बदाम, पेय पदार्थ, ब्याट्री, मोटर पाईप, ग्रिस वायल, प्लाष्टिक झिल्ली, सिद्रा माछा, कस्मेटिक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।१२।११ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० भन्सार कार्यालय नजिक र दोधारा चाँदनी न.पा.१ पशुपति टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३४,६६०।– बराबरको पेय पदार्थ, बिडी, तिलको तेल, कपडा, जुत्ता, हार्डवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
दार्चुला:- मिति २०८१।१२।११ गते जिल्ला दार्चुला, लेकम गा.पा.१ स्थित चौलानी नदिको किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८०,०००।– बराबरको ६ (छ) पेटी बिडी इलाका प्रहरी कार्यालय गोकुलेश्वर, दार्चुलाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।