अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१२-१३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।१२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ मिलन चोक ऐ.३ चटकपुर, भजनी न.पा.७ पुरैना सामुदायिक बन नजिक र टीकापुर न.पा. १ गौरा पाउरोटी स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,२९,३००।– बराबरको कुर्ती, प्लाजु, सुटपिस, धोती, पास्ता, खानेतेल, भेष्ट, पेय पदार्थ, कुरकुरे, चक्लेट, CFL चिम, स्विच बोर्ड, माछा, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।१२।१२ गते जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.५ गुलरियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३२,८००।– बराबरको माछा इलाका प्रहरी कार्यालय गुलरीया, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी स्थानिय जनप्रतिनिधिको रोहभरमा नष्ट गरिएको ।