प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१२-१३

  • A
  • A-
  • A+
Share

      कैलाली:-  मिति २०८१।१२।१२ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ खक्रौला स्थित चेक पोष्टमा ऐ.७ नारायणपुर बस्ने बर्ष २४ को अरूण श्रीवास्तवले चलाएको से ६ प ६५९१ नम्बरको स्कुटीलाई शंका चेकजाँच गर्दा १ ग्राम ७९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, स्कुटी र स्कुटी पछाडी सोही ठाउँ बस्ने बर्ष २२ को संजय बिष्ट समेत दुवै जनालाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।  

     यसैगरी,मिति २०८१।१२।१२ गते १८:०५ बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली, गोदावरी न.पा.८ स्याउले स्कुलटोल बस्ने बर्ष २५ को सुनिल बमको घरकोठा र सोही ठाउँ बस्ने बर्ष २१ को प्रकाश भुललाई खानतलासि गर्दा २ ग्राम २८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ र निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।     

      यसैगरी,  मिति २०८१।१२।१२ गते २०:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १ बसन्त टोलबाट सोही ठाउँ बस्ने बर्ष २६ को बिरेन्द्र चौधरीलाई ५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित अस्थायी प्रहरी पोष्ट शान्तीनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।