प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाइकल दुर्घटना हुँदा मृत्यु, घाईते

२०८१-१२-१३

  • A
  • A-
  • A+
Share

     अछाम:- मिति २०८१।१२।१२ गते १८:१० बजेको समयमा जिल्ला अछाम, मंगलसैन न.पा.५ स्थित खाध्या मोड नजिकै मध्य पहाडी लोकमार्गमा ठुलासेनबाट मंगलसैन तर्फ जादै गरेको से ७ प १४६९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट अन्दाजी ३५ मिटर तल तल्लो मोडमा खस्न जाँदा मोटरसाइकल चालक ऐ. १ कुन्ति बस्ने बर्ष २० को जिवन थापा घाईते भई उपचारको लागि जिल्ला अस्पताल मंगलसैनमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको, मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने बर्ष १७ को चेतन थापाको न्याय हेल्थ अस्पताल बयलपाटा, अछाममा उपचार भईरहेको । 


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।