मोटरसाइकल दुर्घटना हुँदा मृत्यु, घाईते
२०८१-१२-१३
- A
- A-
- A+
अछाम:- मिति २०८१।१२।१२ गते १८:१० बजेको समयमा जिल्ला अछाम, मंगलसैन न.पा.५ स्थित खाध्या मोड नजिकै मध्य पहाडी लोकमार्गमा ठुलासेनबाट मंगलसैन तर्फ जादै गरेको से ७ प १४६९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट अन्दाजी ३५ मिटर तल तल्लो मोडमा खस्न जाँदा मोटरसाइकल चालक ऐ. १ कुन्ति बस्ने बर्ष २० को जिवन थापा घाईते भई उपचारको लागि जिल्ला अस्पताल मंगलसैनमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको, मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने बर्ष १७ को चेतन थापाको न्याय हेल्थ अस्पताल बयलपाटा, अछाममा उपचार भईरहेको ।