अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१२-१४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।१३ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलन चोक ऐ. ९ धनगढीगाँउ, ऐ. १८ F गाँउघाट, भजनी न.पा.६ नवलपुर र ऐ.७ हिक्मतपुर घाट जाने बाटोबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,९८,२५०।– बराबरको चिनी, प्याज, सुजी, चक्लेट, बदाम, विभिन्न कम्पनीका मोबाईल कभर, बिडी, सुर्ती, सुटपिस, प्लाजु, लेगिज, बच्चाका कपडा, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।१२।१३ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेलौरी न.पा.२ चारघरुवा र पुनर्वास न.पा.११ नमुना ईट्टाभट्टा नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७४,८५०।– बराबरको बिडी, सुर्ती, चक्लेट, ब्याट्री, पेय पदार्थ, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।