प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८१-१२-१५

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।१२।१४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलन चोक, गोदावरी न.पा.४ हनुमान मन्दिर नजिक टीकापुर न.पा.७ सक्ति स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१५,१५०।– बराबरको चिनी, पास्ता, चप्पल, अटो पाट्स सामग्री, मोबिल, चस्मा, ब्रेक बायर, ब्रेक चोक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।     

      कञ्चनपुर:- मिति २०८१।१२।१४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १७ बाँसखेडा र बेलौरी न.पा.७ पौलाहबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९३,४००।– बराबरको पेय पदार्थ, बिडी, सुर्ती, पाईन्ट, मेक्सि, कुर्ती, फ्रक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।  

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-१८

     कैलाली:- मिति २०८१।१२।१७ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ खक्रौला स्थित सडक खण्डबाट जिल्ला बर्दिया, राजापुर न.पा.१ हिमालिपुर बस्ने बर्ष २३ को पारस थारुलाई १ ग्राम २६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।        यसैगरी, मिति २०८१।१२।१७ गते १८:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१५ कनरी स्थित सु.प.प्र ०१-०१० प ९००९  नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक ऐ.७ बस्ने बर्ष २७ को सुरेश राना र मोटरसाइकल पछाडी सावार ऐ.१५ उर्मी बस्ने बर्ष २६ को बलबुध रानाको साथबाट ११० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजहरु दुवै जनालाई प्रहरी चौकी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।            यसैगरी, मिति २०८१।१२।१७ गते २०:३० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कैलाली, लम्कीचुहा न.पा. १ लम्की बजारबाट सोही ठाउँ बस्ने वर्ष ३७ को पुर्ण दिप शर्मा उपाध्याय र बर्ष ३२ को नारायण कार्कीलाई ३३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, ट्रामाडोल १० ट्बलेट र नाइट्राभेट १ ट्बलेट  सहित इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          यसैगरी,  मिति २०८१।१२।१७ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ८ भगत चोकबाट सोही ठाउँ बस्ने बर्ष २५ को चंचल कुमार राना र ऐ.१ बस्ने बर्ष १९ की काजँल पार्कीलाई ६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।       

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१२-१८

      कैलाली:- मिति २०८१।१२।१७ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२-३ मिलनचोक र ऐ. ९ त्रीवेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७८,५७०।– बराबरको प्याज, चिनी, सरप, बिडी, सुर्ति, चक्लेट, झोला, माला, सिरबिन्दी, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।         कञ्चनपुर:- मिति २०८१।१२।१७ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.११ भुजेला, बेलौरी न.पा.१ मटैया र फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३८,५५०।– बराबरको बिभिन्न किसिमका कपडा, माछा, बोईलर कुखुरा, कस्मेटिक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।   

फरार प्रतिवादी पक्राउ
२०८१-१२-१८

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले नकवजनी चोरी मुद्दामा २५ दिन कैद सजाय र रू.१,१३,४७५।- (एक लाख तेह्र हजार चार सय पचहत्तर रुपयाँ )  जरिवाना तोकिएको जिल्ला कैलाली, जोशीपुर गा.पा.४ खर्चुवा बस्ने बर्ष ३५ को इमरान हसनलाई इलाका प्रहरी कार्यालय जोशीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१२।१७ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।     बझाङ:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको फैसलाले चोरी मुद्दामा १५ दिन कैद सजाय र रु.३,९१,५३०।- (तिन लाख एकानब्बे हजार पाचँ सय तिस)  जरिवाना तोकिएको जिल्ला बझाङ, मष्टा गा.पा.१ बस्ने बर्ष २४ को बसन्त ओखेडालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१२।१७ गते चैनपुर बजारबाट पक्राउ गरेको ।

ट्याक्टर दुर्घटनामा मृत्यु, घाईते
२०८१-१२-१७

      कैलाली:- मिति २०८१।१२।१६ गते १६:३० बजेको समयमा जिल्ला कैलाली, कैलारी गा.पा.५ मनिकापुर स्थित बेहडाबाबाबाट भारत तर्फ जादै गरेको नम्बर नभएको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा भारत जिल्ला लखिमपुर, खिरी सिंहा कालापोष्ट बस्ने बर्ष ११ को आयुष बर्मा गम्भिर घाईते भई उपचारको लागि समयमा सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको, साथै उक्त ट्याक्टरमा चालक सहित सवार ४३ जना यात्रु मध्ये १ जनाको मृत्यु भएको, २४ जना घाईतेहरुको बिभिन्न असपतालमा उपचार भईरहेको, ३ जना डिस्चार्ज भईसकेको, १४ जना सकुसल रहेको, ट्याक्टर इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीको नियन्त्रणमा रहेको र ट्याक्टर चालक भारत जिल्ला लखिमपुर, खिरी सिंहा कालापोष्ट बस्ने बर्ष २५ को चौलान्द्र बर्मा फरार रहेको, खोजतलास भईरहेको । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१२-१७

      कैलाली:- मिति २०८१।१२।१६ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ चटकपुर र भजनी न.पा ३ कुसमघाट जाने बाटोबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७१,०००।– बराबरको चिनी, सुर्ती, बिडी, सलाई लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।         कञ्चनपुर:-  मिति २०८१।१२।१६ गते जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ५ मैनाहबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०९,२६४।– बराबरको चिनी, सुर्ती, प्लाष्टिक झिल्ली, मोटरसाइकल थान-१ लगायतका सामानहरु प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।