प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१२-१५

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।१२।१४ गते २०:४५ बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली, गोदावरी न.पा.२ अत्तरीया बजारबाट ऐ.१ भरतपुर बस्ने बर्ष २७ को रमेश पुनमगर र जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.४ मालुमेला बस्ने बर्ष २७ को दिपक ओलीलाई १ ग्राम ५०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।     

     कञ्चनपुर:-  मिति २०८१।१२।१४ गते १७:४० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ नेपाल भारत सिमा इलाकाको बैशाखा स्थित छोटी भन्सार कार्यालयको चेक प्वाईन्टमा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा ऐ.ऐ.हात्तीबोझा बस्ने बर्ष २३ को रोहीत पन्तलाई ५३.९८ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बेलौरी, कञ्चनपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई आबश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरमा बुझाएको, थप अनुसन्धान भईरहेको ।   

    

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।