प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-१२-१५

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:-  मिति २०८१।१२।१४ गते १८:२० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.२ महुलिया स्थित पंकज दमाईको एक तले दुई कोठे कच्चि घरमा बिद्युतको तार सट भई आगलागी हुँदा घर र घरभित्र रहेका खद्यान्न, लत्ताकपडा, भँडाकुँडा लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु. १,०३,०००।– (एक लाख तिन हजार) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको ।   

    यसैगरी,  मिति २०८१।१२।१४ गते १८:०० बजेको समयमा हावाहुरीको कारण जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ उदयदेव टोल बस्ने कृष्ण चन्दको कच्ची घरमा आगनमा बालेको आगोवाट आगलागी हुँदा गोठमा बाँधेको एउटा भाख्रा जली मृत्यु भएको, घर र घरभित्र रहेका खद्यान्न, लत्ताकपडा, भँडाकुँडा लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु. ३,००,०००।– (तिन लाख) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय क्षती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको ।     

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।