अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
२०८१-१२-१६
- A
- A-
- A+
कैलाली, १६ चैत
धनगढी उपमहानगरपालिका-३ मिलनचोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २० मिलिग्राम सहित गौरीगंगा नगरपालिका-६ वनवेहडा बस्ने २९ वर्षीय कृष्ण खड्कालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको सु.प.प्र.०१००९ प ७२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।