अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१२-१७
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।१६ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ चटकपुर र भजनी न.पा ३ कुसमघाट जाने बाटोबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७१,०००।– बराबरको चिनी, सुर्ती, बिडी, सलाई लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।१२।१६ गते जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ५ मैनाहबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०९,२६४।– बराबरको चिनी, सुर्ती, प्लाष्टिक झिल्ली, मोटरसाइकल थान-१ लगायतका सामानहरु प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।