अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१२-१८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।१७ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२-३ मिलनचोक र ऐ. ९ त्रीवेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७८,५७०।– बराबरको प्याज, चिनी, सरप, बिडी, सुर्ति, चक्लेट, झोला, माला, सिरबिन्दी, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।१२।१७ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.११ भुजेला, बेलौरी न.पा.१ मटैया र फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३८,५५०।– बराबरको बिभिन्न किसिमका कपडा, माछा, बोईलर कुखुरा, कस्मेटिक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।