प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१२-१८

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।१२।१७ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ खक्रौला स्थित सडक खण्डबाट जिल्ला बर्दिया, राजापुर न.पा.१ हिमालिपुर बस्ने बर्ष २३ को पारस थारुलाई १ ग्राम २६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

     यसैगरी, मिति २०८१।१२।१७ गते १८:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१५ कनरी स्थित सु.प.प्र ०१-०१० प ९००९  नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक ऐ.७ बस्ने बर्ष २७ को सुरेश राना र मोटरसाइकल पछाडी सावार ऐ.१५ उर्मी बस्ने बर्ष २६ को बलबुध रानाको साथबाट ११० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजहरु दुवै जनालाई प्रहरी चौकी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।      

      यसैगरी, मिति २०८१।१२।१७ गते २०:३० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कैलाली, लम्कीचुहा न.पा. १ लम्की बजारबाट सोही ठाउँ बस्ने वर्ष ३७ को पुर्ण दिप शर्मा उपाध्याय र बर्ष ३२ को नारायण कार्कीलाई ३३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, ट्रामाडोल १० ट्बलेट र नाइट्राभेट १ ट्बलेट  सहित इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।    

      यसैगरी,  मिति २०८१।१२।१७ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ८ भगत चोकबाट सोही ठाउँ बस्ने बर्ष २५ को चंचल कुमार राना र ऐ.१ बस्ने बर्ष १९ की काजँल पार्कीलाई ६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

      

सम्बन्धित समाचार
जिपको ढालाबाट खसेर मृत्यु
२०८१-१२-१९

     डोटी:- मिति २०८१।१२।१८ गते १८:१० बजेको समयमा जिल्ला डोटी, दिपायल सिलगढी न.पा.१ तिखा स्थित भित्री सडक खण्डमा दिपायलबाट आदर्श गाउपालिका तर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ च ४११८ नम्बरको बोलेरो जिप पछाडी सवार ऐ.२ कुचेडा बस्ने गाडी साहु वर्ष ३४ को ज्ञानेन्द्र बहादुर बोहरा सोही जीप पछाडी ढालामा बसेको अवस्थामा जिपबाट सडकमा खस्न गई घाईते भई उपचारको लागी शैलेश्वरी अस्पताल दिपायल, डोटी लगिएकोमा ऐ.१८:५५ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको, जिप र जिप चालक जिल्ला डोटी, आदर्श गा.पा.३ नुवाकोट बस्ने वर्ष २३ को विराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको । 

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-१९

    कञ्चनपुर:-  मिति २०८१।१२।१८ गते १५:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ सात नम्बर पिल्लर नजिक सोही नगरपालिका ८ बस्ने वर्ष २४ को तेज बहादुर वि.क.ले चलाएको सु.प.प्र.०२-००३ प ७१५६ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा २.७१ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २७ को हरेन्द्र सिंह बडाल समेत दुवै जनालाई लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।        यसैगरी,  मिति २०८१।१२।१८ गते १९:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ सात नम्बर पिल्लर नजिक भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा सोही नगरपालिका ५ सुकासाल बस्ने वर्ष २६ को अमित पन्तले चलाएको चलाएको यु.के. ०६ बि.डी. ८३८९ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा १.७९ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २१ को करन पन्त समेत दुवै जनालाई नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।          यसैगरी,  मिति २०८१।१२।१८ गते १९:१० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ गड्डाचौकीबाट सोही नगरपालिका १८ बस्ने वर्ष २० को आयुस पालले चलाएको सु.प.प्र.०२-००३ प ७४२७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा ०.९१ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल र मोटरसाइकल पछाडी सवार सोही नगरपालिका ६ बस्ने १८ बर्षिय किशोर समेत दुवै जनालाई नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।           

फरार प्रतिवादी पक्राउ
२०८१-१२-१८

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले नकवजनी चोरी मुद्दामा २५ दिन कैद सजाय र रू.१,१३,४७५।- (एक लाख तेह्र हजार चार सय पचहत्तर रुपयाँ )  जरिवाना तोकिएको जिल्ला कैलाली, जोशीपुर गा.पा.४ खर्चुवा बस्ने बर्ष ३५ को इमरान हसनलाई इलाका प्रहरी कार्यालय जोशीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१२।१७ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।     बझाङ:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको फैसलाले चोरी मुद्दामा १५ दिन कैद सजाय र रु.३,९१,५३०।- (तिन लाख एकानब्बे हजार पाचँ सय तिस)  जरिवाना तोकिएको जिल्ला बझाङ, मष्टा गा.पा.१ बस्ने बर्ष २४ को बसन्त ओखेडालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१२।१७ गते चैनपुर बजारबाट पक्राउ गरेको ।