फरार प्रतिवादी पक्राउ
२०८१-१२-१८
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले नकवजनी चोरी मुद्दामा २५ दिन कैद सजाय र रू.१,१३,४७५।- (एक लाख तेह्र हजार चार सय पचहत्तर रुपयाँ ) जरिवाना तोकिएको जिल्ला कैलाली, जोशीपुर गा.पा.४ खर्चुवा बस्ने बर्ष ३५ को इमरान हसनलाई इलाका प्रहरी कार्यालय जोशीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१२।१७ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।
बझाङ:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको फैसलाले चोरी मुद्दामा १५ दिन कैद सजाय र रु.३,९१,५३०।- (तिन लाख एकानब्बे हजार पाचँ सय तिस) जरिवाना तोकिएको जिल्ला बझाङ, मष्टा गा.पा.१ बस्ने बर्ष २४ को बसन्त ओखेडालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१२।१७ गते चैनपुर बजारबाट पक्राउ गरेको ।