अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१२-१९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।१८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ शिशा पोष्ट, ऐ. ८ धनगढीगाँउ, गोदावरी न.पा.४ बनदेबि मन्दिर नजिक र गोदावरी पुल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१५,५००।– बराबरको प्याज, सुटपिस, फ्रक, गाडीको पेस्टोन, अटो पाट्स लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।