अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१२-२३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।२२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ मिलनचोक ऐ.९ त्रिवेणिघाट र भजनी न.पा.८ ढुसीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१७,५३०।– बराबरको प्याज, चिनी, बदाम, सुर्ती, सुटपिस, कुर्ती, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।१२।२२ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.९ बाट, दोधारा चाँदनी न.पा. ७ कञ्चभोज र बेलौरी न.पा.६ बैशाखाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३१,०४०।– बराबरको चिनी, युरिया मल, फ्रिज, कस्मेटिक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।