प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१२-२३

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।१२।२२ गते १५:४५ बजेको समयमा लागूऔषध सेवन गरी रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कैलाली, भजनी न.पा.३ जवलपुर स्थित बर्ष २२ को सागीराम चौधेरीको घर कोठाबाट निज सागीराम चौधरी, सोही ठाउँ बस्ने बर्ष २१ को निरज चौधरी र ऐ.२ बस्ने बर्ष २३ को निरज चौधरीलाई लागूऔषध सेबन गरी रहेको अवस्थामा २ ग्राम १५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

     यसैगरी,  मिति २०८१।१२।२२ गते १७:२० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ चेक पोष्टबाट जिल्ला बर्दिया, गोरुवा गा.पा.३ बस्ने बर्ष १९ को नविन थापालाई स्पास ६३ ट्याब्लेट र नाईट्रोभ्याट १८ लागूऔषध ट्याब्लेट सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।    

      यसैगरी,   मिति २०८१।१२।२२ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ पुरानो भन्सार रोडबाट ऐ.८ बस्ने बर्ष २७ को कमल रानालाई २२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।  

     यसैगरी,   मिति २०८१।१२।२२ गते २०:२० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ चेक पोष्टबाट ऐ. गोदावरी न.पा.८ बस्ने बर्ष १९ को गोविन्द कठायतलाई १ ग्राम १८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

     कञ्चनपुर:-  मिति २०८१।१२।२२ गते १७:०० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६  बनगाऊ भगवती टोलबाट सोही ठाउँ बस्ने बर्ष ३० को दिपेश बोगटीलाई ०.९४ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।     

     यसैगरी,  मिति २०८१।१२।२२ गते १७:१० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ बनगाऊ कालिका आधारभुत विद्यालय नजिकबाट सोही ठाउँ बस्ने बर्ष ३१ को किशोर भट्टलाई १.६२ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।     

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।