आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-१२-२४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।२३ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.६ पानिमुला बस्ने बर्ष ६० को महा लुहारको काठले बनेको टिनले छाएको २ कोठे कच्ची घरको भान्सा कोठाको चुलोमा बालेको आगोबाट आगलागी हुँदा घर र घर भित्र रहेका खद्यान्न, भाँडाबर्तन, लत्ताकपडा लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.२,५०,०००।– (दुई लाख पचास हजार) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको ।