अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१२-२५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।२४ गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ भन्सार नजिक र मिलन चोक, गोदावरी न.पा. ०३ चौकिडाँडा, भजनी न.पा ३ पहलवान झुलङ्गेपुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,१६,०९०।– बराबरको चिनि, सुर्ति, गुट्खा, बिडी, दाल, नरिवल, केक पाउडर, ब्रेड पाउडर, चकलेट, कस्मेटिक सामानहरू(चुरा,पोते,बिन्दि,माला,काटा,टप), सुटपिस, कुर्तिसेट, टप्स, प्लाजु लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय, कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।