आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-१२-२५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।२४ गते १३:०० बजेको समयमा जिल्ला कैलाली,जोशीपुर गा.पा.३ रामनगर स्थित राम कृष्ण डगौराको भुईतले २ कोठे काठ र माटोले बनेको कच्ची घरमा एक्कासी बिद्युत सर्ट भएर आगलागि हुँदा घर र घर भित्र रहेका खद्यान्न, भाँडाबर्तन, लत्ताकपडा लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.१,३५,८००।– (एक लाख पैतिस हजार आठ सय) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको ।