सवारी दुरघटनामा मृत्यु / घाईते
२०८१-१२-२६
- A
- A-
- A+
डोटी :- मिति २०८१।१२।२५ गते १२:३० बजेको समयमा जिल्ला डोटी, बडीकेदार गा.पा. ३ देउथान स्थित जनजागरण सामुदायिक वनको सडापडा (सडीगलेका) काठ संकलन गरी नजिकै सेलानेको खोलामा घाट गद्दी (जम्मा) गर्न लैजाँदै गर्दा जिल्ला डोटी बडिकेदार गा.पा.२ बर्छैन बस्ने बर्ष अं. २८/२९ को गोपाल बडेलाले चलाएको बा.प्र. ०३-००१ ख २५३ नं. को लोड मिनिट्रक अनियन्त्रित भई सडक किनारमा पल्टिदा सोही ट्रकमा सवार जिल्ला डोटी, बडीकेदार गा.पा. ३ देवल बस्ने बर्ष २७ को सन्तोष गुरुङको घटनास्थलमा मृत्यु भएको, घाईते भएका सोही सामुदायिक बनका अध्यक्ष लोक बहादुर पल्लीमगर उपचारको लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा पुर्याई चिकित्सकले चेक जाँच गर्दा २१:३० बजेको समयमा मृत घोषणा गरेको र सोही ठाउ बस्ने बर्ष २३ को घाईते अनिल लामाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको भईरहेको । चालक फरार रहेको, खोजि कार्य भई रहेको ।