फरार प्रतिबादी पक्राउ
२०८१-१२-२७
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा रु.१,०००।–(एक हजार रुपैया) जरिवाना तोकिएको फरार प्रतिबादी जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १ बस्ने बर्ष ४० कि सरस्वती कुमारी खड्का र सोही मुद्धामा रु. ३,०००।–(तिन हजार रुपैया) जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ बस्ने बर्ष ४७ को सुके चौधरीलाई वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१२।२६ गते १२:०० बजेको समयमा निजहरुकै घर ठेगानाबाट पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरेको ।