अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१२-२८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।२७ गते जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका २ तिलकेताल, शिसापोष्ट नजिक, भजनी न.पा.-५ पगियापसार र जोशीपुर गा.पा. १ पिपरकोटीबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.१,२७,२००।- बराबरको सारी, कुर्ती, सुटपिस, बिडी, सुर्ती, गुट्खा, सिद्रा माछा, चियापत्ति, प्याज, लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।१२।२७ गते जिल्ला कञ्चनपुर, बेलौरी नगरपालिका १० भुडा चोकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु. ८,५१०।– बराबरको चिसो पेय पदार्थ, सुर्ति, गुट्खा, पार्लेजि बिस्कुट, युरिया मल लगायतका सामनहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।