प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा एक जनाको मृत्यु

२०८१-१२-२८

  • A
  • A-
  • A+
Share

       कैलाली:- मिति २०८१।१२।२७ गते २०:४० बजेको समयमा जिल्ला कैलाली घोडाघोडी नगरपालिका -२ साडेपानी टनकपुर नजिक पुर्व-पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको जिल्ला कैलाली, गौरीगंगा गाउपालिका ८ बस्ने बर्ष ४५ को अमर बमले चलाएको से ५ प ६९४४ नं. को मोटर साईकल तेल सकिएर सडक छेउमा रोकी राखेको  से १ ख १२६८ नं. मिनिट्रकको (चालक- जिल्ला कैलाली चुरे गा.पा. ५ बस्ने बर्ष ३५ को दिल्लीराज पुनमगर) पछाडी ठोकिन गई मो.सा.चालक गम्भिर घाईते भई घोडाघोडी अस्पतालमा उपचारको क्रममा २१:३० बजेको समयमा मृत्य भएको , मिनिट्रक, चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।