सवारी दुर्घटनामा एक जनाको मृत्यु
२०८१-१२-२८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।२७ गते २०:४० बजेको समयमा जिल्ला कैलाली घोडाघोडी नगरपालिका -२ साडेपानी टनकपुर नजिक पुर्व-पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको जिल्ला कैलाली, गौरीगंगा गाउपालिका ८ बस्ने बर्ष ४५ को अमर बमले चलाएको से ५ प ६९४४ नं. को मोटर साईकल तेल सकिएर सडक छेउमा रोकी राखेको से १ ख १२६८ नं. मिनिट्रकको (चालक- जिल्ला कैलाली चुरे गा.पा. ५ बस्ने बर्ष ३५ को दिल्लीराज पुनमगर) पछाडी ठोकिन गई मो.सा.चालक गम्भिर घाईते भई घोडाघोडी अस्पतालमा उपचारको क्रममा २१:३० बजेको समयमा मृत्य भएको , मिनिट्रक, चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको ।