प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस पक्राउ

२०७९-१२-०२

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०७९।१२।०१ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली  धनगढी उप-महानगरपालीका ४ यातायात कार्यालय अगाडी ऐ.५ बस्ने बर्ष ३० को नरेश खड्का समेत ३ जनालाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथबाट २ ग्राम २५० मिलिग्राम लागुऔषध खैरोहेरोईन  सहित पक्राउ गरेको हो ।    

         कञ्चनपुर:- यसैगरी बुधबार साझँ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले भिमदत्त  नपा ४ सब्जिमण्डि स्थितमा ऐ.ऐ. बस्ने अन्दाजी बर्ष २० को चक्र सुनारलाई संका लागि चेकजाँच गर्दा निजको साथबाट १ सिसि याम्फुल फिनार्गन र १ सिसि याम्पोल रेक्सो नामक अबैध लागु औषध सहित निजलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०४-१२

    कैलाली:- मिति २०८१।०४।११ जिल्ला कैलाली, धनगढी-२ राम जानकी मन्दिर, ऐ-३ ट्राफिक चौराहा र गोदावरी -४ गोदावरी स्थित सडक किनारामा नजिक भारत बाट भन्सार छली ल्याएको अन्दाजी मुल्य रु.५,७२,६००/- बराबरको सुट मोजा, चस्मा, लेडिज सुट, जे.सि.बि.कम्प्रेसर मेसिन, स्टिलको रेलिङ्गमा लगाउने फुल लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको ।     कंचनपुर :- मिति २०८१।०४।११ गते जिल्ला कंचनपुर, भिमदत्त-१० बिधुत कार्यालय, बेलौरी -१ फटैया र पुनर्वास -११ अमरबस्तीबाट भारतबाट भन्सार छली गरी ल्याएका अंदाजी मुल्य रु.१,७६,९८०।- बराबरको चामल, दाल, तेल, माईक्रोनी, चिनी, मिश्री, सुर्ती, बिंडी युरिया, सर्फ, हाडबेयरका सामानहरु, साईकल तथा साईकलका पार्टपुर्जाहरु, गुड, ड्यू , किरानाका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कंचनपुर तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको ।