अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१२-२९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।२८ गते जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका २ चौराहबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.९,४००।- बराबरको चिनि, सरफ, कट्टु लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।१२।२८ गते जिल्ला कञ्चनपुरका बिभिन्न स्थानहरु बेलौरी नगरपालिका - ७ पौलाह र बेलौरी नगरपालिका - ८ कलकत्ताबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु. २,६३,१००।– बराबरको चिसो पेय पदार्थ ड्यु, हाइड्रोलिक तेल, सुर्ती जन्य पदार्थ, माछा लगायतका सामानहरु बा.प्र. ०२८ प ५५३४ नं. र UP31W5077 न. को दुई मोटरसाईकल सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।