लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-२९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।२८ गते २०:३० बजेको समयमा धनगढी उप-महानगरपालिका ५ तारानगरबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोही ठाउ बस्ने बर्ष २५ को तपेन्द्र शाहलाइ शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३३ ग्राम १० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको । सो सम्बन्धी थप अनुसन्धान भई रहेको ।
यसैगरी मिति २०८१।१२।२८ गते १९:४५ बजेको समयमा घोडाघोडी नगरपालिका-१ सुख्खड बजारबाट ८० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित घोडाघोडी नगरपालिका-१ सितानगर बस्ने बर्ष १९ को सुनिल मल्ललाई इलाका प्रहरी कार्यालय सुख्खड कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको । थप अनुसन्धान भई रहेको ।