प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८१-१२-२९

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।१२।२८ गते २०:३० बजेको समयमा धनगढी उप-महानगरपालिका ५ तारानगरबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोही ठाउ बस्ने बर्ष २५ को तपेन्द्र शाहलाइ शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३३ ग्राम १० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको । सो सम्बन्धी थप अनुसन्धान भई रहेको । 

यसैगरी मिति २०८१।१२।२८ गते १९:४५ बजेको समयमा घोडाघोडी नगरपालिका-१ सुख्खड बजारबाट ८० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित घोडाघोडी नगरपालिका-१ सितानगर बस्ने बर्ष १९ को सुनिल मल्ललाई इलाका प्रहरी कार्यालय सुख्खड कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको । थप अनुसन्धान भई रहेको ।

   

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।