अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१२-३०
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।१२।२९ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा.-११ भुजेला, भिमदत्त.न.पा.-१० भन्सार कार्यालय नजिक, बेलौरी नगरपालीका-१ फटैया, बेलौरी न.पा.-१० दिपाघाट, बेलौरी न.पा.-६ भुराकोट र बेलौरी न.पा.-२ बैजुडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,६२,७९०।– बराबरको चिसो पेय पदार्थ, चिनि, गुड, सुटपिस, चप्पल, जुत्ता, बिजुलीका, हार्डवेयरका सामान, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।