प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८१-१२-३०

  • A
  • A-
  • A+
Share

कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीबाट लागुऔषध(नाईट्रोभेट) मुद्दामा २ बर्ष कैद र रु.१,००,०००।– जरिवाना सजाय भई फरार रहेको प्रतिवादी जिल्ला कैलाली धनगढी उप महानगरपालीका-४ बस्ने बर्ष अ.३०/३५ को इन्द्र बहादुर बढैला मिति २०८१।१२।२९ गते १६:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगाना बाट पक्राउ गरेको ।        

       कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरबाट बिभिन्न मुद्धामा सजाय तोकी फरार रहेको १० जना फरार प्रतिबादीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सम्बन्धित घर-ठेगानबाट मिति २०८१।१२।२९ गते पक्राउ गरी सम्मानित अदालतमा पेश गरेको । पक्राउ पर्नेमा जिल्ला कञ्चनपुर लालझाडी गा.प.-२ बस्ने काठ चोरि मुद्दामा मिति २०७३।१०।११ गतेको फैसलाले जनही रु. ९,२८४।– जरिवाना तोकिएका अ. बर्ष ४५ को जिवन राना, अ. बर्ष ३५ को चाईना चौधरी, अं. बर्ष ३८ को राजु राना, अं. ३८ को बेचेराम राना र अं.बर्ष ५२ को दुख्खन राना रहेको ।   

      यसैगरी सम्मानित अदालतको मिति २०८१।०३।२१ गतेको फैसलाले काठ चिरान तथा ओसापोसार मुद्दामा ३ महिना कैद रु. ४८,७२२।- जरिवना भएको जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.८ बस्ने बर्ष अ. ४५ को मिन बहादुर बिष्टलाई समेत निजको घर ठेगानाबाट पक्राउ गरेको ।

       यसैगरी फैसला कार्यान्वयनकै सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०५१।१०।०५ गतेको फैसलाले कुटपिट मुद्दामा जनही रु. ६००। जरिवाना तोकिएका जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.-३ बस्ने बर्ष अ.४५ को श्याम बहादुर पार्की, बर्ष अ.४७ को पुन्टु कैनी र बर्ष अ.६० की माता देवी कैनीलाई मिति २०८१।१२।२९ गते जिल्ला प्रहरी कार्यालय कञ्चपुरबट खटिएको टोलीले पक्राउ गरी सम्मानित अदालतमा पेश गरेको साथै सम्मानित अदालतकै मिति २०७२।०८।१३ गतेको फैसलाले करकाप मुद्दामा रु.१२५।–जरिवाना तोकिएको जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.-३ बस्ने बर्ष अ. ५४ को समुदा ताम्राकारलाई समेत पक्राउ गरेको ।

       डोटी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डोटीको मिति २०६१।०८।१६ गतेको फैसलाले जवरजस्तीकरणी मुद्दामा २ बर्ष ६ महिना कैद सजाय तोकिएको फरार प्रतिबादी जिल्ला डोटी के.आई. सिंह गा.पा.-७ चौण बस्ने बर्ष ८० को जोगी नायक भण्डारीलाई इलाका प्रहरी कार्यालय दिपायल, डोटीबाट खटिएको प्रहरी टोलीले निजको घर-ठेगानाबाट मिति २०८१।१२।२९ गते ११:३० बजे पक्राउ गरी सम्मानित अदालतमा पेश गरेको ।

       यसैगरी फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डोटीको मिति २०७८।०७।२८ गतेको फैसलाले बाल विवाह मुद्दामा १ बर्ष ५ महिना ९ दिन कैद सजाय तोकिएको फरार प्रतिबादी जिल्ला डोटी जोरायल गा.पा. वडा नं. -३ ब्रहम बस्ने बर्ष ५५ को तिलक ओलीलाई इलाक प्रहरी कार्यालय जोरायल, डोटीबाट खटिएको प्रहरी टोलीले जिल्ला डोटी जोरायल गा.पा. वडा नं. ३ चनकट्टे बजारबाट मिति २०८१।१२।२९ गते १८:३५ बजे पक्राउ गरेको ।

                                                                   

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।