प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध काठ बरामद

२०८१-१२-३०

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।१२।२९ गते १५:२० बजेको समयमा जानकी गाउपालिका वडा नं. ७ चिलिम चौराह सडकखण्डमा जिल्ला कैलाली टीकापुर नगरपालीका वडा न.१ वनगाउँ बस्ने वर्ष ३५ को टेक बहादुर घर्तिमगरले चलाएको से.१ त.२८६३ नम्बरको ट्याक्टरमा अबैध रुपमा सिमल जातको काठ गोलिया थान १० (७९.८६ क्युफिट) अन्दाजी रु.१९,९६५।– बराबरको काठ ओसार पोसार गरिरहेको अबस्थामा इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी काठ, टेक्टर र चालकलाई नियन्त्रणमा लिएको ।

       कञ्चनपुर:- मिति २०८१।१२।२९ गते १०:०० बजेको समयमा जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर ४ क्याम्पस टोल बाट सोही ठाउ बस्ने बर्ष अ.५७ को कर्ण बहादुर बोहराले गाडामा (डल्लब) लोड गरील्याउदै गरेको सिसम जातको ४ (चार) गोलिया १२ क्युफिट र साल जातको दुइ बल्ली ५ क्युफिट अ.मुल्य २५,०००/- बराबरको अबैध काठ फेला पारी गोरु सहितको डल्लब र मानिस सहित नियन्त्रणमा लिई सव डिभिजन वन कार्यालय कृष्णपुर कञ्चनपुरको जिम्मा लगाएको ।

                                                    

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।