अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-०१
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१२।३१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उप-महानगरपालिका - ३ चौराह, गोदावरी न.पा.-४ गोदावरी पुल र गोदावरी न.पा.-४ हनुमान मन्दिर नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,५४,५००।– बराबरको बिडी, सुर्ति, गुट्खा, करेन्ट मसला, नुहाउने साबुन, अगरबत्ति, चिया मसला, थानको कपडा, बच्चाको खेलौना, कुर्ती, सुट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।