प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा एकजनाको मृत्यु

२०८२-०१-०१

  • A
  • A-
  • A+
Share

     दार्चुला:- मिति २०८१।१२।३१ गते १५:३० बजे जिल्ला दार्चुला नौगाड गाउपालिका-५ सौकेबगर स्थित गोकुलेश्वर- नौगाड सडकखण्डमा जिल्ला संखुवासभा चैनपुर नगरपालिका वडा नं.-७ बस्ने बर्ष अं.२४ को सुरज तामाङले चलाएको ब्रज गुप कन्ट्रक्सन कम्पनीको बा ३ क २३९९ नं. को पानी बोक्ने ट्याङकरले सडक छेउमा पल्टिरहेको जिल्ला दार्चुला नौगाड गा.पा.-५ बस्ने बर्ष अं. ५५ को हरीश सिंह ऐरीलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको । ट्याङकर र चालक प्रहरीको नियन्त्रणमा रहेको ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।