प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८१-१२-०३

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८२।०१।०२ गते १६:३० बजेको समयमा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका - ३ बोराडाडीबाट ४ ग्राम ६०० मिलिग्राम लागु औषध खैरो हेरोइन जस्तो धुलो पदार्थ सहित जिल्ला कैलाली लम्की चुहा न.पा.-७ बस्ने बर्ष २५को अजय चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुर कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको । सो सम्बन्धी थप अनुसन्धान भईरहेको ।

    यसैगरी मिति २०८२।०१।०२ गते १८:१५ बजे जिल्ला कैलाली गोदावरी न.पा.-४ बसन्तपुरबाट १ ग्राम ३०० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउ बस्ने एक जना १७ बर्षिय किसोरलाई इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको । सो सम्बन्धी थप अनुसन्धान भईरहेको ।

     

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।