लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-०३
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।०२ गते १६:३० बजेको समयमा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका - ३ बोराडाडीबाट ४ ग्राम ६०० मिलिग्राम लागु औषध खैरो हेरोइन जस्तो धुलो पदार्थ सहित जिल्ला कैलाली लम्की चुहा न.पा.-७ बस्ने बर्ष २५को अजय चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुर कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको । सो सम्बन्धी थप अनुसन्धान भईरहेको ।
यसैगरी मिति २०८२।०१।०२ गते १८:१५ बजे जिल्ला कैलाली गोदावरी न.पा.-४ बसन्तपुरबाट १ ग्राम ३०० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउ बस्ने एक जना १७ बर्षिय किसोरलाई इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको । सो सम्बन्धी थप अनुसन्धान भईरहेको ।