प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०१-०४

  • A
  • A-
  • A+
Share

कैलाली:-फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीले चेक अनादर मुद्दामा रु. १०००।– जरिवाना तोकेको फरार प्रतिबादी जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ४ बस्ने बर्ष ५० को नैन अहमदलाई मिति २०८२।०१।०३ गते १४:०० बजे धनगढी उप-महानगरपालिका -१ रातोपुलबाट वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित अदालमा पेश गरेको ।

कञ्चनपुर:-फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरले लागु औषध खैरो हिरोईन मुद्धामा ९ महिना १२ दिन कैद सजाय तोकेको फरार प्रतिवादी जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका - ६ दुम्ली बस्ने बर्ष ३६ को उमेश बिष्टलाई मिति २०८२।०१।०३ गते १४:३० बजे इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले निजकै घरबाट पक्राउ गरेको ।

     यसैगरी फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरले लागु औषध खैरो हिरोईन मुद्धामा ३ महिना कैद सजाय तोकेको फरार प्रतिवादी जिल्ला कैलाली गोदावरी न.पा. - ९ बस्ने बर्ष २० को सुवास रानालाई मिति २०८२।०१।०३ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित अदालतमा पेश गरेको ।

     यसैगरी फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरले बहु बिबाह मुद्दामा रु.१०,०००।– जरिवाना तोकको जिल्ला कञ्चनपुर भिमदत्त न.पा.-१२ बस्ने बर्ष ४४ को मोहन सिंह बिष्टलाई समेत मिति २०८२।०१।०३ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित अदालतमा पेश गरेको  ।

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१५

     कैलाली:- मिति २०८२।०४।१४ गते १७:५५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.९ श्रीरामनगर टोलबाट ऐ.१० घुईयाघाट बस्ने बर्ष २० को सुरेन्द्र रानालाई शंका लागि चेकजाँच गर्दा २ ग्राम २० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।       यसैगरी, मिति २०८२।०४।१४ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ब्यारेल नजिक से ६ प २६६१ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कैलाली, ऐ.१३ मोहनपुर बस्ने बर्ष २६ को बिशाल चौधरी र मोटरसाइकल पछाडी सवार ऐ. श्रीलंका वस्ने बर्ष २४ दिपक चौधरीको साथबाट ५ ग्राम ६३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजहरु दुवै जनालाई वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।