प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०१-०४

  • A
  • A-
  • A+
Share

कैलाली:-फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीले चेक अनादर मुद्दामा रु. १०००।– जरिवाना तोकेको फरार प्रतिबादी जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ४ बस्ने बर्ष ५० को नैन अहमदलाई मिति २०८२।०१।०३ गते १४:०० बजे धनगढी उप-महानगरपालिका -१ रातोपुलबाट वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित अदालमा पेश गरेको ।

कञ्चनपुर:-फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरले लागु औषध खैरो हिरोईन मुद्धामा ९ महिना १२ दिन कैद सजाय तोकेको फरार प्रतिवादी जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका - ६ दुम्ली बस्ने बर्ष ३६ को उमेश बिष्टलाई मिति २०८२।०१।०३ गते १४:३० बजे इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले निजकै घरबाट पक्राउ गरेको ।

     यसैगरी फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरले लागु औषध खैरो हिरोईन मुद्धामा ३ महिना कैद सजाय तोकेको फरार प्रतिवादी जिल्ला कैलाली गोदावरी न.पा. - ९ बस्ने बर्ष २० को सुवास रानालाई मिति २०८२।०१।०३ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित अदालतमा पेश गरेको ।

     यसैगरी फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरले बहु बिबाह मुद्दामा रु.१०,०००।– जरिवाना तोकको जिल्ला कञ्चनपुर भिमदत्त न.पा.-१२ बस्ने बर्ष ४४ को मोहन सिंह बिष्टलाई समेत मिति २०८२।०१।०३ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित अदालतमा पेश गरेको  ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।