प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-०१-०६

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।०१।०५ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरु धनगढी उप-महानगरपालिका – ४ बसपार्क,  गोदावरी नगरपालिका ४ बनदेबि मन्दिर, हनुमान मन्दिर र भजनी नगरपालिका-७ हिम्मतपुरबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,४६,३०५।– बराबरको बिडी, गुट्खा, सुर्ति, लुगाधुने सोडा, लेडिज सुट, धोती, डाटा केवल, मोबाईलका कभर, मोबाईलका हाउजिङ लगायत अन्य बिद्युतिय सामाग्रीहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-०४

कैलाली:- मिति २०८२।०१।०३ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरु धनगढी उप-महानगरपालिका - १ चित्रनगर, धनगढी उप-महानगरपालिका -९ त्रीवेणीघाट र  धनगढी उप-महानगरपालिका - १८ F गाँउबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५२,७८०।– बराबरको प्याज, सुर्ती, अमृत खट्टा, छिद्रा माछा, लेडिज सुट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । कैञ्चनपुर:- मिति २०८२।०१।०३ गते कञ्चनपुर जिल्लाका बिभिन्न स्थानहरु बेलौरी नगरपालीका - २ खैरेनि, बेलौरी नगरपालीका - ४ रिछा र बेलौरी नगरपालीका ७ पौलाहबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८५,४६४।– बराबरको घाँसको बिउ, घाँस मार्ने बिषादी, मल, तरकारी, गम्छा, कट्टु, अण्डा, चकलेट, चिनि लगायतका सामानहरु नम्बर नखुलेको मोटरसाईकल सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

फरार प्रतिबादी पक्राउ
२०८२-०१-०४

कैलाली:-फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीले चेक अनादर मुद्दामा रु. १०००।– जरिवाना तोकेको फरार प्रतिबादी जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ४ बस्ने बर्ष ५० को नैन अहमदलाई मिति २०८२।०१।०३ गते १४:०० बजे धनगढी उप-महानगरपालिका -१ रातोपुलबाट वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित अदालमा पेश गरेको । कञ्चनपुर:-फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरले लागु औषध खैरो हिरोईन मुद्धामा ९ महिना १२ दिन कैद सजाय तोकेको फरार प्रतिवादी जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका - ६ दुम्ली बस्ने बर्ष ३६ को उमेश बिष्टलाई मिति २०८२।०१।०३ गते १४:३० बजे इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले निजकै घरबाट पक्राउ गरेको ।      यसैगरी फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरले लागु औषध खैरो हिरोईन मुद्धामा ३ महिना कैद सजाय तोकेको फरार प्रतिवादी जिल्ला कैलाली गोदावरी न.पा. - ९ बस्ने बर्ष २० को सुवास रानालाई मिति २०८२।०१।०३ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित अदालतमा पेश गरेको ।      यसैगरी फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरले बहु बिबाह मुद्दामा रु.१०,०००।– जरिवाना तोकको जिल्ला कञ्चनपुर भिमदत्त न.पा.-१२ बस्ने बर्ष ४४ को मोहन सिंह बिष्टलाई समेत मिति २०८२।०१।०३ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित अदालतमा पेश गरेको  ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-०२

      कञ्चनपुर:- मिति २०८२।०१।०१ गते १४:०० बजेको समयमा जिल्ला कञ्चनपुर बेलौरी न.पा.३ बुटाबारीबाट भारत बाट नेपाल तर्फ आउदै गरेको भारत उत्तर प्रदेश पिलिभित जिल्ला नवदिया दुर्जनपुर बस्ने बर्ष ३९ को कुलदिप सिंहले चलाएको UP26AW3186 नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकलको पछाडी सवार सोही ठाउ बस्ने बर्ष ६० को बेचनलाल पाशमानको साथबाट १६.३४ ग्राम लागु औषध अफिम जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ सहित दुबैजानालाई इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको । सो सम्बन्धी थप अनुसन्धान भईरहेको ।