प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-०१-०७

  • A
  • A-
  • A+
Share

           कैलाली:- मिति २०८२।०१।०६ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरु धनगढी उप-महानगरपालिका – ७ बेली, धनगढी उप-महानगरपालिका १५ सिद्धबाबा सामुदायीक वन र  टीकापुर नगरपालिका वडा नं.९ झुङ्गाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८९,६००।– बराबरको बिडी, गुट्खा, सुर्ति, प्लाष्टीकका भाडाहरु, तरकारीको बिउहरु, कालो प्पाष्टिक, चकलेट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

           कञ्चनपुर:- मिति २०८२।०१।०६ गते जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० सडकघाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.११,६००।– बराबरको चिसो पेय पदार्थ(स्प्राईट, ड्यु, कोकाकोला) लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-०७

      कैलाली:- मिति २०८२।०१।०६ गते २०:३० बजेको समयमा जिल्ला कैलाली कैलारी गाउँपालिका वडा नं. १ सडकपुरबाट ४३० मि.लि लागु औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कैलाली कैलारी गाउपालिका वडा नं. ८  दुधिया बस्ने वर्ष २५ को सन्जु कुमार चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलिया र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी, महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले निन्त्रणमा लिएको , सो सम्बन्धी थप अनुसन्धान भईरहेको ।     कञ्चनपुर:- मिति २०८२।०१।०६ गते १३:३० बजेको समयमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ गड्डाचौकी नेपाल भारत सिमाना दशगजा पिल्लर न.७ स्थित भारतबाट नेपाल तर्फ हिडिरहेको जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.-११ बस्ने बर्ष अन्दाजी २५ को राम बहादुर बिष्टलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट १३.२७ ग्राम लागु औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर र जि.प्र.का.कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको, सो सम्बन्धी थप अनुसन्धान भईरहेको ।      यसैगरी मिति २०८२।०१।०६ गते १६:४५ बजे जिल्ला कञ्चनपुर बेलौरी न.पा.-१ हनुमानथान नजिकबाट प्रहरी चौकी फटैया कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला डडेल्धुरा गन्याधुरा गा.पा.-३ सकायल बस्ने बर्ष ३९ को करन बहादुर देउवा र सोही ठाउ बस्ने बर्ष ३५ को रोहीत शाहीलाई शंकालागि चेकजाँच गर्ने क्रममा करन बहादुर देउवाको साथबाट ०.४६ ग्राम लागु औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित दुबै जनालाई नियन्त्रणमा लिएको । थप अनुसन्धना भई रहेको ।      

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-०४

कैलाली:- मिति २०८२।०१।०३ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरु धनगढी उप-महानगरपालिका - १ चित्रनगर, धनगढी उप-महानगरपालिका -९ त्रीवेणीघाट र  धनगढी उप-महानगरपालिका - १८ F गाँउबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५२,७८०।– बराबरको प्याज, सुर्ती, अमृत खट्टा, छिद्रा माछा, लेडिज सुट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । कैञ्चनपुर:- मिति २०८२।०१।०३ गते कञ्चनपुर जिल्लाका बिभिन्न स्थानहरु बेलौरी नगरपालीका - २ खैरेनि, बेलौरी नगरपालीका - ४ रिछा र बेलौरी नगरपालीका ७ पौलाहबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८५,४६४।– बराबरको घाँसको बिउ, घाँस मार्ने बिषादी, मल, तरकारी, गम्छा, कट्टु, अण्डा, चकलेट, चिनि लगायतका सामानहरु नम्बर नखुलेको मोटरसाईकल सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

फरार प्रतिबादी पक्राउ
२०८२-०१-०४

कैलाली:-फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीले चेक अनादर मुद्दामा रु. १०००।– जरिवाना तोकेको फरार प्रतिबादी जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ४ बस्ने बर्ष ५० को नैन अहमदलाई मिति २०८२।०१।०३ गते १४:०० बजे धनगढी उप-महानगरपालिका -१ रातोपुलबाट वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित अदालमा पेश गरेको । कञ्चनपुर:-फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरले लागु औषध खैरो हिरोईन मुद्धामा ९ महिना १२ दिन कैद सजाय तोकेको फरार प्रतिवादी जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका - ६ दुम्ली बस्ने बर्ष ३६ को उमेश बिष्टलाई मिति २०८२।०१।०३ गते १४:३० बजे इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले निजकै घरबाट पक्राउ गरेको ।      यसैगरी फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरले लागु औषध खैरो हिरोईन मुद्धामा ३ महिना कैद सजाय तोकेको फरार प्रतिवादी जिल्ला कैलाली गोदावरी न.पा. - ९ बस्ने बर्ष २० को सुवास रानालाई मिति २०८२।०१।०३ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित अदालतमा पेश गरेको ।      यसैगरी फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरले बहु बिबाह मुद्दामा रु.१०,०००।– जरिवाना तोकको जिल्ला कञ्चनपुर भिमदत्त न.पा.-१२ बस्ने बर्ष ४४ को मोहन सिंह बिष्टलाई समेत मिति २०८२।०१।०३ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित अदालतमा पेश गरेको  ।