प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०१-०७

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।०१।०६ गते २०:३० बजेको समयमा जिल्ला कैलाली कैलारी गाउँपालिका वडा नं. १ सडकपुरबाट ४३० मि.लि लागु औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कैलाली कैलारी गाउपालिका वडा नं. ८  दुधिया बस्ने वर्ष २५ को सन्जु कुमार चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलिया र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी, महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले निन्त्रणमा लिएको , सो सम्बन्धी थप अनुसन्धान भईरहेको ।

     कञ्चनपुर:- मिति २०८२।०१।०६ गते १३:३० बजेको समयमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ गड्डाचौकी नेपाल भारत सिमाना दशगजा पिल्लर न.७ स्थित भारतबाट नेपाल तर्फ हिडिरहेको जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.-११ बस्ने बर्ष अन्दाजी २५ को राम बहादुर बिष्टलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट १३.२७ ग्राम लागु औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर र जि.प्र.का.कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको, सो सम्बन्धी थप अनुसन्धान भईरहेको ।

      यसैगरी मिति २०८२।०१।०६ गते १६:४५ बजे जिल्ला कञ्चनपुर बेलौरी न.पा.-१ हनुमानथान नजिकबाट प्रहरी चौकी फटैया कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला डडेल्धुरा गन्याधुरा गा.पा.-३ सकायल बस्ने बर्ष ३९ को करन बहादुर देउवा र सोही ठाउ बस्ने बर्ष ३५ को रोहीत शाहीलाई शंकालागि चेकजाँच गर्ने क्रममा करन बहादुर देउवाको साथबाट ०.४६ ग्राम लागु औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित दुबै जनालाई नियन्त्रणमा लिएको । थप अनुसन्धना भई रहेको ।


      

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।