प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-०१-०८

  • A
  • A-
  • A+
Share

       कैलाली:- मिति २०८२।०१।०७ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरु धनगढी उप-महानगरपालिका – ३ सिसापोष्ट, टिकापुर नगरपालिका वडा नं. ४ वाणीपुल र भजनि नगरपालिका वडा नं. ९ पहलवानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २,४५,२००।– बराबरको चिनि, चकलेट, पानीपुरी, सेरवानी सेट, टप्स, प्लाजु सेट, बच्चाको लेहेङ्गा, अण्डर ट्राउजर, दिपावली लाईट(झाल्लर लाईट), टेन्टको माथीको कपडा, प्लस्टिक झोला, स्पाईट, छिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

       कञ्चनपुर:- मिति २०८२।०१।०७ गते जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका वडा नं. ८ कलकत्ताबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी रु.१०,१८५।– बराबरका ऐना, चुरा, बिन्दी, टिका, क्रिम, काइयो, प्रफ्युम, गाजल, डिउ, मुमदाल, कुरकुरे, कैची, धोजा, अण्डा लगायतका सामानहरु प्रहरी चौकी पचुई कञ्चनपुरबाट खटिएको टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

       बैतडी:- मिति २०८२।०१।०७ गते जिल्ला बैतडी दशरथचन्द्र नगरपालिका वडा नं. ६ जेबालीबाट अबैध रुपामा भारतबाट भन्सार छली गरी ल्याएको अन्दाजी मुल्य रु.१०,०००।– बराबरको चिनि प्रहरी चौकी सेरा बैतडीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।