अबैध काठ बरामद
२०८२-०१-०८
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०१।०७ गते जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.११ कलुवापुरमा सोही ठाउ बस्ने बर्ष अ.४०को बिरेन्द्र बहादुर ऐरले संचालन गर्दै आएको श्री बेताल समिल एण्ड फर्निचर उधोगको हाता भित्र अबैध रुपमा राखिएको अंदाजी मुल्य रु. ३,८८,३५०/-(तिन लाख अठासी हजार तिन सय पचास) बराबरको साल जातको ९ गोलिया( ७७.६७ क्यु. फिट) काठ इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सब डिभिजन बन कार्यालय शुक्लाफाटा कञ्चनपुरलाई बुझाएको ।