अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-०९
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।०८ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरु धनगढी उप-महानगरपालिका- ३ पुरानो हण्डा सोरुम नजिक, धनगढी उप-महानगरपालिका – ७ मनेहरा, धनगढी उप-महानगरपालिका १४ D गाउ, गोदावरी नगरपालिका वडा नं. ४ वनदेवी मन्दिर नजिक, जोशीपुर नगरपालिका -१ पिपरकोटी, र टिकापुर नगरपालिका वडा नं. ९ बालुवाटारबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३,३२,८१०।– बराबरको चिनि, बिडी, सुर्ती, गुट्खा, छिद्रा माछा, श्रृंगारको सामान, खेलौना, थानको कपडा, नल्का बनाउने सामान, नट बोल्टहरु, प्लाष्टिक झोला लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०१।०८ गते जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. ११ भुजेला र वडा नं. १७ बासखेडाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.२,४२,७००।– बराबरका जुत्ता, कपडा, हार्डवेयरका र किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।