प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०१-१०

  • A
  • A-
  • A+
Share

कैलाली:- मिति २०८२।०१।०९ गते २१:०० बजेको समयमा जिल्ला कैलाली कैलारी गा.पा.- १ हसुलिया स्थित हुलाकी सडक खण्डमा शांकास्पद हिडिरेहेका जिल्ला कैलाली कैलारी गा.पा. वडा नं. ७ रामपुर बस्ने वर्ष २३ को आशिष कुमार चौधरी र जिल्ला कैलाली ध.उ.म.न.पा. वडा नं. १ शिवमन्दिर बस्ने वर्ष २७ को अजय रसायलीलाई चेकजाच गर्ने क्रममा आशिष कुमार चौधरीको साथबाट २ ग्राम ६९० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित दुबै जनालाई इलाका प्रहरी कार्यालय हसुलिया कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको । सो सम्बन्धी थप अनुसन्धान भईरहेको ।

 

कञ्चनपुर:- मिति २०८२।०१।०९ गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ११ गड्डाचौकीबाट १ ग्राम ९२ मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ३ भासी बस्ने बर्ष २७ को अजय घिमिरेलाइ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।