प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा एकको मृत्यु

२०८२-०१-१०

  • A
  • A-
  • A+
Share

कैलाली:- मिति २०८२।०१।०९ गते १५:१५ बजेको समयमा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ८ क्याम्पस चोकस्थित सडकमा सु.प.प्र.०१-००२ त ४०१५ न.को ट्याक्टर र सु.प.प्र.०१-०११ प ८७१७ न.को मोटर साईकल एक आपसमा टोकिदा मोटरसाईकल चालक जिल्ला कैलाली धनगढी उ.म.न.पा.-८ धनगढीगाँउ बस्ने बर्ष ५५ को सुन्दर चौधरी गम्भिर घाईते भई धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचारको क्रममा १५:५० बजे मृत्यु भएको । मो.सा., ट्याक्टर र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।