अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-११
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।१० गते कैलाली जिल्लाका बिभिन्न स्थानहरु धनगढी उप-महानगरपालिका- २ बिश्वनाथ मन्दिर नजिक, धनगढी उप-महानगरपालिका – २ मसानटोल, धनगढी उप-महानगरपालिका- १९ लल्लिपुर, भजनी न.पा.-६ नवलपुर, भजनी न.पा.-७ हिक्मतपुर र टिकापुर न.पा. -९ बाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु. २,९९,८६०।– बराबरको गम्छा, तौलिया, सारी, कुर्ती, सुट, टप्स, सेन्डो, बिडी, सुर्ती, गुट्खा, छिद्रा माछा, ब्रोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०१।१० गते जिल्ला कञ्चनपुर बेलौरी न.पा. १ फटैयाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.१५,८००।– बराबरको बोईलर कुखुरा र चिसो पेय पदार्थ प्रहरी चौकी फटैया कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।