प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०१-११

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।०१।१० गते १६:०० बजेको समयमा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका १५ कनरीगाउँबाट ६० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ७ बेली बस्ने बर्ष २६ को तिर्थराज रानालाई प्रहरी चौकी कनरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको । सो सम्बन्धी थप अनुसन्धान भईरहेको ।

         यसैगरी मिति २०८२।०१।१० गते १९:४५ बजेको समयमा जिल्ला कैलाली टिकापुर न.पा.१ ब्लक नं. ९ स्थित सडकखण्डबाट सोही ठाउ बस्ने बर्ष ३२ को सुमित साउद र ब्लक नं. १२ बस्ने बर्ष २८ को शाहिल शाहलाई ३२० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको । सो सम्बन्धमा थप अनुसन्धान भईरहको ।

        कञ्चनपुर:- मिति २०८२।०१।१० गते १५:३५ बजेको समयमा इ.प्र.का.झलारी कञ्चनपुर र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. वडा.न.२ बंक स्थित सोही ठाउ बस्ने बर्ष अ.५० को पदम बहादुर कार्किले संचालन गर्दै आएको मां डिलासैनि होटल एण्ड लजको कोठा भित्रबाट २.३१५ (दुइ किलो तिनसय पन्ध्र ग्राम) किलोग्राम लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ सहित होटल संचालक पदम बहादुर कार्किलाई नियन्त्रणमा लिएको । सो सम्बन्धी थप अनुसन्धान भईरहेको ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।