फरार प्रतिवादी पक्राउ
२०८२-०१-१२
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०१।११ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. लागू औषध मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, बेदकोट न.पा. ६ सिसैया बस्ने बर्ष २४ को निश्चल के.सी. ।
२. लागू औषध मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, बेदकोट न.पा.६ सिसैया बस्ने बर्ष २५ को प्रदिप मार्कण्ड भण्डारी ।
३. सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, बेदकोट न.पा.२ बाणी बस्ने बर्ष २३ को अनिल चौधरी ।
४. सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. ७ बस्ने बर्ष ३८ को भोजराज डगौरा ।