पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
२०८२-०१-१२
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०१।११ गते १४:४५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.८ खुटिया खोलामा ऐ. स्याउले बस्ने बर्ष १० को प्रविन थापामगर पौडी खेल्ने क्रममा डुबेको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी बिट स्याउले, कैलालीबाट प्रहरी टोली खटिगइ उद्दार गरी उपचारको लागि सेती प्रादेशिक अस्पताल घनगढी पठाएकोमा उपचारको क्रममा ऐ. १५:३० बजेको समयमा मृत्यु भएको ।