आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८२-०१-१२
- A
- A-
- A+
डडेल्धुरा:- मिति २०८२।०१।१२ गते ०३:५० बजेको समयमा जिल्ला डडेल्धुरा, परशुराम न.पा. १० दुम्सीजला बस्ने लक्ष्मण बुढाको २ तले ४ कोठे ढुङ्गा माटोले बनेको टायलले छाएको कच्चि घरमा बिद्युत सर्ट भई आगलागि हुँदा घर र घर भित्र रहेका खद्यान्न, भाँडाबर्तन, लत्ताकपडा, काठ लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.५,१७,०००।– (पाँच लाख सत्र हजार) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको ।