अटोबाट खसेर १३ बर्षिय बालकको मृत्यु
२०८२-०१-१३
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०१।१२ गते १२:२० बजेको समयमा जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा ७ स्टेशनपुर स्थित भित्रि सडक खण्डमा झलारीबाट स्टेशनपुर तर्फ जादै गरेको म १ ह १२३३ नम्बरको अटोमा सवार सोही ठाउँ बस्ने बर्ष १३ को निराजन ठगुन्ना अटोबाट खस्न गइ घाइते भइ उपचारको लागि धनगढी, कैलाली पठाएकोमा बाटोमा नै मृत्यु भएको, अटो र अटो चालक सोही ठाउँ बस्ने बर्ष ४० को जयदेव ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।